add

गुण एयरलाइन्सले सुरू गर्‍यो सिमराको लागि नियमित उडान






ActPro Nepal

|

१६ कार्तिक, २०७८

|
578

काठमाडौं । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिटको जेट्स्ट्रीम जहाज द्वारा सोमबारबाट सिमरामा उडान थालेको छ । उडानको पहिलो दिननै सिमरामा यात्रु हरुबाट पुर्ण साथ प्राप्त भएकोले गुण एयरलाइन्स उत्साहित बनाएको कम्पनीले उल्लेख गरेको छ ।

आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट उडान गर्ने क्रममा गुण एयरलाइन्स ले यस अघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा नेपालगन्ज र विराटनगर मा भने नियमित उडान शुरु गरीसकेको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुर को लागि केही समयमै उडान भर्नेगरि तयारी गरिएको छ।

यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा आफुहरु पनि उच्च स्तरको सेवा दिदै उडान गरिरहेको थापाले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.