add

प्रकाश र मीनाको समूह ‘दोहोरी च्याम्पियन’






ActPro Nepal

|

१४ कार्तिक, २०७८

|
1024

काठमाडौं । रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम प्रतिस्पर्धामा प्रकाश पराजुली र मीना बुढाथोकीको समूह विजयी बनेका छन् ।

शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा बालचन्द्र बराल र शोभा कार्कीको समूह दोस्रो बनेका हुन् । फाइनल प्रतिस्पर्धामा दुई समूह उपाधिका लागि भिडेका थिए । 

प्रजापति पराजुली, सीता थापा, रमेश बि.जी र चन्द्र शर्मा निर्णायक रहेको स्पर्धामा डिजिटल अडिसन ३५ समूह छानिएका थिए ।

त्यसपछि फिजिकल अडिसनमार्फत २४ समूह छानिएका थिए । सोमा प्रथम हुने समूहले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गरेका छन् ।

सोका सान्त्वना हुने समूहले २ लाख समेत पाउने आयोजकले जनाएको छ । गायक बद्री पंगेनी र गायिका प्रीति आले सञ्चालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८:५० मा प्रसारण हुँदै आएको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.