add

प्रधानमन्त्री देउवासँग बेलायतका लर्डसहरूको भेटवार्ता






ActPro Nepal

|

१३ कार्तिक, २०७८

|
650

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेखले शिष्टाचार भेटवार्ता गरेका छन् । लण्डनस्थित नेपाली राजदूताबासमा आज विहान भएको भेटमा उनीहरूले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल-बेलायत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

द्विपक्षीय सम्बन्धका जानकार तथा चिरपरिचित उनीहरूले सम्बन्ध सुदृढ गर्न आफूहरूको सबै प्रकारको सहयोग रहिरहने विश्वास दिलाए । उनीहरूले बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध  र त्यसलाई प्रवर्दधन गर्ने सम्बन्धमा धारणा व्यक्त गर्दै बेलायत सरकारले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गरे  । भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा.दुर्गाबहादुर सुवेदी, यहाँस्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत थिए । 

नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आएका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.