add

गृहमन्त्री खाँणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी






ActPro Nepal

|

१२ कार्तिक, २०७८

|
1044

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्।

देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्थान गरेका हुन्। स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। 

कोप २६ को साइड लाइन वार्तामा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ।

प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कने भएका छन्। उनको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.