add

१८ औँ हस्तकला व्यापार मेला हुने,क्राफ्ट कम्पिटिशन पनि सँगै आयोजना हुने






ActPro Nepal

|

१२ कार्तिक, २०७८

|
1030

काठमाडौँ । १८ औं हस्तकला व्यापार मेला आगामी मंसिर ३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल हस्तकला महासंघले आयोजना गर्दै आएको सो मेला हायात रिजेन्सी होटल, बौदमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विगतमा सो मेला भृकुटीमण्डपमा आयोजना हुँदै आएको थियो ।

मंसिर ३ देखि ५ गतेसम्म आयोजा हुने सो मेलाको अवसरमा १६ औं क्राफ्ट कम्पिटिसन पनि हुने महासंघले जानकारी दिएको छ ।

कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्यै बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ ।

मेलाको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिए ।

उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब १ सय २० स्टल रहने छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाईवर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुइ विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरी कला प्रतियोगितका संयोजक राजमान वज्राचार्यले बताए ।

मेलाकै अवसरमा ७० वर्ष नाघेका जेष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ/संस्थाको पनि सहयोग रहेको बज्राचार्यले बताए ।

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकासका लागि मेला आयोजना गरिएको महासंघले बताएको छ ।

साथै विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तरराष्ट्रियस्तरको ब्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रवाह गर्नु पनि यसको उद्देश्य हो ।

त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी ब्यबसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्वन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.