add

आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाकाे लगातार दोस्रो जित






ActPro Nepal

|

१२ कार्तिक, २०७८

|
897

काठमाडौं ।  डेविड वार्नरको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।  बिहीबार दुबईमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेकाे हाे । 

अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रनको योगदान दिए ।  आरोन  फिन्चले ३७ रन बनाए । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए ।

त्यसअघि दुबई  टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए ।

अष्ट्रेलियाका  स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर  कमिन्स,  मिचेल स्टार्कले समान २-२  विकेट लिए ।

सुपर- १२ को समूह-१ मा इंग्ल्यान्ड २ खेलमा २ जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान  ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.