नयाँ दिल्ली । लागुऔषध मुद्धामा पक्राउ परेका अभिनेता शाहरुख खानकाका छोरा आर्यनलाई मुम्बई उच्च अदालतले जमानत दिएको छ । बिहीबार भएको सुनुवाईमा लागुऔषध मुद्धामा पक्राउ परेका आर्यनसहित मुनमुन धमेचा र अरबाज मर्चेंटको जमानत स्वीकार भएको हो ।
अभिनेता शाहरुख खान र उनका दर्शकका लागि यो खुसीको खबर हो । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए । अनिलले आर्यन र अरबाजले निरन्तर रुपमा ड्रग्स लिएको आरोप लगाएका थिए ।
नारकोटिक्स कन्ट्रोल ब्यूरोले मुम्बईबाट गोवा गइरहेको क्रुज ड्रग्स पार्टीमा संलग्न रहेको आरोपमा ३ अक्टोबरमा आर्यनसहित ७ जनालाई पक्राउ गरेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।