add

वाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, चार सदस्यीय मन्त्रिपरिषद् गठन






ActPro Nepal

|

११ कार्तिक, २०७८

|
778

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रदेशप्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभाको सदस्यलाई प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

पाण्डे एमालेबाट धादिङ क्षेत्र १ (क) बाट प्रदेशसभा सांसदमा विजयी बनेका हुन् । पाण्डे प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा सपथ लिएका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार राजीनामा दिएकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको आह्वान बमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो । 

मुख्यमन्त्री पाण्डेले आजै तीन जना मन्त्री नियुक्त गरेका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा कांग्रेसका कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल नियुक्त भएका छन् । सरकारमा नव नियुक्त तीनै जना मन्त्रीले आजै प्रदेशप्रमुख शर्मामार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.