add

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची






ActPro Nepal

|

११ कार्तिक, २०७८

|
910

काठमाडौं ।  संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो। तर, एमालेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो।

यस अघिका बैठक एमालेले अवराेध गर्दै आएकाे छ। 

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले गरेकाे कारवाहीको पत्र सभामुख अग्नि सापकोटालाई दिए पनि सभामुखले कारबाहीको प्रक्रिया अघि नढाएकाे भन्दै  एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको हाे। एमालेकाे माग पूरा नभएकाले आजकाे बैठक पनि अवराेध गर्न सक्ने सम्भावना छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.