add

२० महिनापछि कोरिया जाँदै नेपाली कामदार






ActPro Nepal

|

१० कार्तिक, २०७८

|
764

काठमाडौं । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने निश्चित भएको छ । 

कोरोना महामारी फैलिएसँगै रोकिएको कामदार लैजाने कार्य बुधबारबाट पुनः शुरु हुन लागेको हो । बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जाने निश्चित भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान नपाएको अवस्थामा बुधबार पहिलो चरणमा कामदार पठाउन लागिएको हो ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेका हुन् । लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने भएका छन् । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पालो कुरेर बसेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.