add

पहिलो त्रैमासमा बैंकको ऋण २७८ अर्बले बढ्यो, बढी विस्तार गर्ने ग्लोबल आइएमई






ActPro Nepal

|

८ कार्तिक, २०७८

|
698

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको ऋण विस्तार २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरु तरलता अभावकाबीच कर्जा विस्तारमा बैंकहरु आक्रामक देखिएका हुन् ।

तथ्यांक अनुसार पहिलो तीन महिनामा निक्षेप ६३ अर्ब रुपैयाँ ७४ करोडले बढ्दा ऋण भने २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको हो ।

गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब २० अर्ब ६ करोड रुपैयाँ रहेको थियो । असोज मसान्त्सम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी बढेर ३९ खर्ब ९८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमासमा सबैभन्दा बढी ऋण विस्तार गर्नेमा ग्लोबल बैंक रहेको छ । ग्लोबलले २३ अर्ब २० करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । भने नेपाल बैकले १६ अर्ब ४८ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक १५ अर्ब ४० करोड रुपैयाँ ऋण विस्तार गरेको छ ।

१३ बैंकको ऋण विस्तार १० अर्ब रुपैयाँभन्दा बढी छ भने मेगा, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु, सिभिल र नेपाल बंगलादेश बैंकको ऋण विस्तार ५ अर्ब रुपैयाँभन्दा कम छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सीसीडी व्यवस्था खारेज गरी सीडी व्यवस्था लागू गरेपछि बैंकिङ प्रणालीमा तरलता अभाव चुलिँदै गएको छ ।

पछिल्लो समय कोरोना संक्रमण कम भएसँगै समग्र अर्थतन्त्र चलायमान हुँदा ऋणको माग ह्वात्तै बढेको बैंकहरुले बताएका छन् । ऋणको माग उच्च भए पनि माग अनुसार ऋण उपलब्ध गराउन कठिन हुँदै गएको उनीहरुको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार अहिले कर्जा– निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ ।

यसअघि कर्जा –स्रोत (निक्षेप र प्राथमिक पुँजी योग)को ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था थियो । कर्जा –निक्षेप अनुपातसम्बन्धी नयाँ व्यवस्थासँगै अहिले बैंकहरूमा लगानीयोग्य पुँजीको अभाव भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.