add

सामलिङ्ग पावरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन






ActPro Nepal

|

८ कार्तिक, २०७८

|
475

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

कुल कित्तामध्य २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम संकेत गर्ने इक्राएनपी आईआर डबल बी माईनस रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 सर्वसाधारणलाई आईपीओ जारी गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गरिसकेको हो ।

आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो ।

यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन सुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ । कम्पनीको तत्काल जारी पूँजी पनि रू. ५० करोडनै रहेको छ । हाल संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । 

सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ । सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । कम्पनीको आर्थिक वर्ष ०७६÷७७ सम्मको वास्तविक वित्तीय अवस्था अनुसार उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ ।

आर्थिक वर्ष ०७७÷७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. शून्य दशमलव २७ ऋणात्मक छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.