add

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति






ActPro Nepal

|

६ कार्तिक, २०७८

|
609

काठमाडौं । आन्तरिक क्षेत्रको उडान गर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति (एनओसी) पाएको छ ।

बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरणबाट एओसी पाएको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

एनओसी पाएलगत्तै एटिआर ७२ सिरीजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्ड लगायत दक्षिण एसियाका विभिन्न मुलुकमा चार्टर उडान गर्ने तयारी भएको बर्तौलाले बताए ।

अन्तर्राष्ट्रिय उडानका लागि हाम्रो आन्तरिक तयारी पूरा भएको छ, यो संगै हामी जुनसुकै समयमा यी राष्ट्रहरुमा उडान गर्न सक्षम छौँ उनले भने ।

उनले अन्तर्राष्ट्रिय चार्टर उडानको अनुमति पाएसँगै कम्पनीले सन् २०२२ भित्रै चारवटा एटीआर–७२ जहाज थप्ने योजना रहेको जानकारी दिए ।

यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ ।

आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीमध्ये बुद्ध एयरले कोभिड सुरु हुन अघिसम्म काठमाडौं-बनारस नियमित उडान गर्दै आएको थियो ।

श्री एयरलाइन्सले चार्टर र कार्गोका लागि अन्तर्राष्ट्रिय उडान इजाजत पाइसकेको छ।

नेपालमा रहेका चिनियाँ र नेपाली लगानीको हिमालय र सरकारी कम्पनी नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.