add

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस् सजिलै नतिजा






ActPro Nepal

|

५ कार्तिक, २०७८

|
1785

काठमाडौं  । न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । आज बिहान विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटलमा आइपीओ बाँडफाँड गरिएको हो ।

मागभन्दा बढी आवेदन परेका कारण आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। क्यापिटलका अनुसार गोलप्रथाबाट भाग्यमानी २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने २० लाख ३१ हजार ८८८ जनाको हात रित्तो भएको छ ।

कम्पनीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो ।

जसमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएक थिए । सोमध्ये १३ हजार ९४६ आवेदन विभिन्न कारणले रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा भदौ १ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङवासीलाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गरिसकेको छ ।

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले आयोजनाको अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६.५ रुपैयाँ हुने जनाएको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।

कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र न्यादी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.