add

सिभिल बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति






ActPro Nepal

|

३ कार्तिक, २०७८

|
535

काठमाडौं । सिभिल बैंकले रू. ३ अर्ब बराबरको  ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

अनुमति पाएसँगै कम्पनीले रू.१ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ  । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्नेछ ।

विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले उक्त ऋणपत्र निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते अनुमति पाएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.