एजेन्सी । भारतीय कलाकार शारुख खानका छोरा आर्यान खान झन समस्यामा पर्दै गएका छन । बुधबार आदालतले आर्यान खानको जामानतमा रियाका लागि पेश गरेको पेशी नै रद्द गरिदिएको छ । ड्रग्स काण्डमा फसेका आफ्ना छोराको जामानतका लागि शारुख खानले अदालतमा निवेदन पेश गरेका थिए । आर्यानका साथमा अरवाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि जामानतमा रिहा गर्न रोक लगाएको छ ।
बलिउड स्टार शारुख खानको छोरालाई अदाललते जमानतमा रिहा गर्न रोक लगाएपछि सामाजिक सञ्जालमा ठूलो विरोध शुरु भएको छ । आर्यान खानको साथमा ड्रग्स नपाएपछि शारुख खानले आफ्नो छोरालाई जमानतमा रिहा गर्नका लागि पेश गरेको निवेदन नै अदालतले खारेज गरेपछि भारतीयहरुले अदालतले टर्चर गरेको आरोप लगाइ रहेका छन् ।
एकै केशमा पक्राउ परेकी भारती सिंहको साथबाट ८६ ग्राम लागु पदार्थ भेटिएपछि पनि यहि दिनमा उनलाई अदालतले छाड्ने आदेश दिएको भन्दै सामाजिक सञ्जालमा भारतीय न्यायप्रणालीको खिल्ली उडाइएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।