काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रीत भएको बताएका छन्।
बुधवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाणले विगतको सरकारले राज्य कब्जाको शैली गरेको र संविधान प्रतिकुलतामा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र जनताको जीवनको रक्षामा केन्द्रीत भएको बताएका हुन्।
सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडि बढाउने क्रममा रहेको उनले बताए।
गृहमन्त्री खाणले देशका विभिन्न ठाउँमा भएका डुबानका कारण किसानको धानबालीमा क्षति भएको तथ्यांक संकलन गरेर उनीहरुलाई राहत र सहयोग रकम उपलब्ध गराउने पनि बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।