add

प्रतिनिधि सभाकाे बैठक कात्तिक ११ गते बस्ने






ActPro Nepal

|

२ कार्तिक, २०७८

|
903

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई दिनपछि सरेको छ। यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

संघीय संसद्का महासचिव डा।भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन्।

‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.