add

दसैंतिहारको बिदामा पनि टेलिकमका ग्राहक सेवा केन्द्र खुला नै रहने






ActPro Nepal

|

२४ असोज, २०७८

|
1092

काठमाडौं । नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् । 

टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लागि ग्राहक सेवा केन्द्रका काउन्टर खुला नै रहने जानकारी दिइएको छ ।

टेलिकम, प्रादेशिक निर्देशनालय बागमतीले जारी गरेको सूचना अनुसार दूरसञ्चार कार्यालय सुन्धारा, चाबहिल, गोंगबु, पाटन, ठिमी, बनेपा, बाह्रबिसे, चरिकोट, मन्थली, सिन्धुली, हेटौडा, भरतपुर र धादिङमा रहेका काउन्टर दसैंतिहार बिदामा पनि खुला रहनेछन् ।

ती काउन्टर २७ र २८ असोज तथा १९ कात्तिकमा पनि खुला रहनेछन् । यद्यपि, सो अधिमा बिहान ११ देखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुने टेलिकमले जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.