add

दशैंका लागि २५ अर्ब नयाँ नोट साटियो, साना दरका मात्र ९ अर्ब






ActPro Nepal

|

२२ असोज, २०७८

|
795

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबारसम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ। नेपालीहरुको ठूलो चाड दसैं नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो। 

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार ५, १०, २०, ५० र १०० दरका साना नोटको सटही ८ अर्ब २५ करोड रुपैयाँ भएको छ भने बाँकी ११ अर्ब ७५ करोड रुपैयाँ भने पाँच सय र हजार दरका नोटको सटही भएको छ। 

राष्ट्र बैंकले दसैैंलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले सो रकम लगिसकेका छन्। विगतका वर्षमा जस्तो यस वर्ष नयाँ नोट साट्नका लागि कुनै समस्या छैन।

राष्ट्र बैंकले यसपालि कोरोनाको संक्रमणका कारण २७ वटै वाणिज्य बैंक र तिनका शाखाबाट नयाँ नोट पाउने व्यवस्था गरेको छ। विगतका वर्षहरुमा राष्ट्र बैंकले आफ्ना शाखाहरुबाट मात्र नयाँ नोट वितरण गर्ने गर्दा उपभोक्ता लामो लाइन लाग्न बाध्य भएका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.