add

चन्द्रागिरिको आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट






ActPro Nepal

|

२२ असोज, २०७८

|
584

काठमाडौं ।  चन्द्रागिरि हिल्सले दशैंको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।

कम्पनीले दशैंमा घुम्न आउने आन्तरिक पर्यटकलाई लक्षित गरी यस्तो अफर ल्याएको हो ।

कम्पनीले यसअघि पनि यस्तो अफर ल्याएको थियो । कम्पनीले गत पुस २४ गतेदेखि सर्वसाधरणका लागि १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गरेको थियो ।

हाल चन्द्रागिरी केबलकारको दुईतर्फि टिकटको मूल्य ७०० रुपैयाँ रहेको छ । आइपीओ भर्ने सबैले यसमा २५ प्रतिशत अर्थात् १७५ रुपैयाँ छुट पाउनेछन् ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.