add

लगानी गर्ने होइन ? मध्य भोटेकोशीको आईपीओ आजदेखि बिक्री खुल्ला






ActPro Nepal

|

२० असोज, २०७८

|
1186

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले  आज (असाेज २० गते, बुधबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । 

कम्पनीले सर्वसाधरणका लागि बुधबार कार्यालय समयदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर विक्रीमा ल्याएको हो ।

जसमध्ये, निष्काशन हुने कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलाेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धकहरुमा सिभिल क्यापिटल मार्केट, एनआइबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल मार्केट रहेका छन्।

रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीको आइपीओलाई ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ ।

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.