add

सेयर बजार निरन्तर ओरालो यात्रामा.परिसुचक २५७० अंक पुग्दा ३ अर्ब ६२ करोडको कारोबार






ActPro Nepal

|

१८ असोज, २०७८

|
510

काठमाडौं। साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजारको ओरालो यात्रा कायम रह्यो । सोमबार नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ अंकमा झरेको छ ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको सूचक सन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १.२८ अंकले घटेर ४८४.९९ अंकमा झरेको छ।

आज लघुवित्त समुहको सूचक सबैभन्दा धेरै बढ्यो । यस समुहको सूचक १.४७ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको १.२९ प्रतिशत, होटल एण्ड टुरिजम समुहको ०.४३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक २.४० प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको १.८७ प्रतिशत घट्यो ।

सोमबार कारोबार रकममा पनि कमी आयो । आज २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लागेको मध्ये, आशा लघुवित्तको शेयर १० प्रतिशत बढ्यो । त्यस्तै, मैलुङ खोला जmविद्युतको ९.९९ प्रतिशत, सर्पोट लघुवित्तको ९.९७ प्रतिशत र मिथिला लघुवित्तको ९.८३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा मनकामना स्मार्ट लघुवित्तका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ९.३८ प्रतिशत घट्यो । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरको ७.१९ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार यूनाईटेड मोदी हाइड्रोपावरले गर्यो । कम्पनीले १२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.