add

शिक्षकका मुद्दा विचाराधिन हुँदा नियमित विद्यालयमा उपस्थित हुनुपर्ने






ActPro Nepal

|

१८ असोज, २०७८

|
757

काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकका मुद्दा अदालतमा विचाराधिन रहेको अवधिमा शिक्षकलाई विद्यालयमा नियमित उपस्थित हुन निर्देशन दिएको छ। 

केन्द्रले सम्पूर्ण स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइको नाममा परिपत्र जारी गर्दै सामुदयिक विद्यालयमा कार्यरत शिक्षकको अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अदालतबाट कसुर ठहरिएको बखत बाहेक, आदेश वा फैसला नभएसम्म विद्यालयमा नियमानुसार कामकाज गर्न लगाउन निर्देशन दिएको हो।

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार शिक्षकलाई निलम्बन गरेको वा कानुन अनुसार स्वतः निलम्बन भएको अवधिमा वा थुनामा रहेको भए सो अवधिमा बाहेक अन्य अवस्थामा विद्यालयमा नियमानुसार कामकाज गर्न दिइने जनाएको हो।

केन्द्रले विद्यालयमा हाजिर नभएको पाइएमा शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ (संशोधन सहित) अनुसार कारबाही हुने जनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.