add

साहस उर्जाको आईपीओ आज बाँडफाँट हुँदै, सेयर पाउने भाग्यमानी कति ?






ActPro Nepal

|

१७ असोज, २०७८

|
695

काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँट हुने भएको छ।

असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त आईपीओको बाँडफाँड आज बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा हुनेछ । 

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५।६२ गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ६ लाख ४४ हजार जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.