काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा भएअनुसारको पारिश्रमिक नबढाइकोप्रति गोरखा नगरपालिकाका विद्यालय कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
नगरपालिकाकालाई ध्यानाकर्षणपत्र लेख्दै विद्यालय कर्मचारीहरूले बजेट भाषणमा घोषणा भएअनुसारको पारिश्रमिक वृद्धि गरिदिन माग गरेका हुन् । विभिन्न १३ वटा विद्यालयका कर्मचारीहरूद्वारा हस्ताक्षरीत सो ध्यानाकर्षणपत्रमा नीतिगत तथा मानवीय श्रम शोषण नगर्न आग्रह गरिएको छ ।
‘कार्यालय सहायक, सहयोगी तथा बाल सहयोगी कार्यकर्ताहरूको थप सुविधाको सम्बन्धमा नेपाल सरकारबाट स्वीकृत भएअनुसार केही पालिकाहरूले सोही निर्णयको आधारमा सुविधा थप गरी पारिश्रमिक निकासा गरेको र बाँकीले पनि वृद्धि गर्ने तयारी गरिरहेको सन्दर्भमा गोरखा नगरपालिकाको शिक्षा शाखामार्फत माग फाराम भर्ने सन्दर्भमा प्रशारित सूचनालाई आधार मान्दा कुनै पनि थप रकम पालिकाबाट थप गर्न नसकिने भन्ने विषयले हामीलाई मर्माहत बनाएको छ’, सो ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘साथै हामीमा जिज्ञासा पनि उठेको छ कि हामीलाई थप सुविधा दिने सन्दर्भमा किन यति धेरै कञ्जुस्याइँ गरिएको हो ? यस व्यहोरालाई मध्यनजर गरी विधिको शासन र नीतिको कार्यान्वयनलाई सार्थक बनाउन कम्तिमा श्रमऐन अनुसार पारिश्रमिक दिन अनुरोध छ ।’
संघीय सरकारले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई ८ र स्थानीय सरकारले ७ हजार गरी न्युनतम १५ हजार तलब दिनुपर्ने प्रावधान छ । संघीय सरकारले दिए पनि कतिपय स्थानीय सरकारले दिएका छैनन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।