add

रसुवागढीबाट स्याउ आयातमा तिव्रता, ६ दिनमा २४० टन बढी भित्रियो






ActPro Nepal

|

१५ असोज, २०७८

|
609

काठमाडौ ।  बडादशैँ नजिकिँदै गर्दा उत्तरी नाका रसुवागढीबाट व्यवसायीले स्याउ आयातमा समेत तिव्रता दिन थालेका छन् । यही असोज १ गतेदेखि आजसम्म २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । 

व्यवसायी कमल पन्थीका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलको साथसाथै सबै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् ।

उत्पादक कम्पनीलाई  समान माग गरेपश्चात् छिटो छरितो तवरले चिनियाँ मुसा पासपोर्ट कम्पनीले  रसुवागढीसम्म ढुवानी गर्ने गरेको बताइन्छ । 

चालु आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट नियमानुसारको शुल्कबापत कूल रु एक अर्ब ५९ लाख नौ हजार ४८ राजस्व असुली भएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.