add

बुद्धभूमिको आइपीओमा मागभन्दा ३६.१८ गुणा बढी आवेदन, कतिले भरे ?






ActPro Nepal

|

१५ असोज, २०७८

|
967

काठमाडौ ।  बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आवेदन दिने अन्तिम दिन बिहीवार साँझ ५ बजेसम्ममा २१ लाख ४२ हजार जना आवेदकबाट २ करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको हो ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ३६।१८ गुणा बढी हो । अन्तिमदिन भएकाले यकिन तथ्यांक नआइसकेकाले यो संख्याबढ्न सक्नेछ । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर विक्रीमा ल्याएको हो । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेको छ ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले हाल नुवाकोटमा ४।९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.