काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो लागेको छ ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ९० हजार ४१८ जना आवेदकबाट २ करोड ३ लाख ७ हजार २२० कित्ताका लागि आवेदन परेको हो ।
यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २७.२९ गुणा बढी हो । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर विक्रीमा ल्याएको हो ।
निष्काशित कुल ८ लाख कित्ता शेयरमध्ये १६ हजार कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र ४० हजार कित्ता कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर विक्री नभएमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिने सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेको छ ।
कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।