add

ईपीएलमा आज काठमाडौं र पोखरा भिड्दै






ActPro Nepal

|

१२ असोज, २०७८

|
831

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने एउटा मात्रै खेलमा काठमाडौं किङ्ग्स इलेभेन र पोखरा राइनोज भिड्दैछन् । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे खेल सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिको खेल रद्द भएको थियो । 

त्यस्तै हिजो पनि पानी परेका कारण काठमाडौं र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.