add

माधव नेपाल नेतृत्वको पार्टीबाट यी नेताहरू मन्त्री बन्दै






ActPro Nepal

|

१२ असोज, २०७८

|
758

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आजै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)-२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेपछि सम्भवतः भोलि नै गठबन्धन दलले मन्त्रिमण्डल विस्तार गर्ने छन् ।

नेकपा (एस)का केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको बताएका छन् । नेकपा (एस)ले रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई सरकारमा सहभागी गराउँदै छ ।

नेकपा एसले ६ मन्त्रालय पाउने भएको छ । उनले आजै अध्यादेश खारेज भइसकेकोले लोभीसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको साढे दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.