add

शेयर बजारमा पहिरो : नेप्से ६८ अंकले घट्यो, सबै सूचकहरू राताम्मे






ActPro Nepal

|

११ असोज, २०७८

|
591

काठमाडौं । सोमवार शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । 

आज  नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा झरेको हो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.६५ प्रतिशत कम हो ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १२.९४ अंकले घटेर ५०६.३३ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै घट्नेमा फाइनान्स समुह रहेको छ । फाइनान्सको सूचक ४.५३ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको ३.८१ प्रतिशत, निर्जीवन बीमाको ३.६२ प्रतिशत घट्यो ।

सोमबार कारोबार रकममा पनि कमी आएको छ । आइतबार साढे ६ अर्बको कारोबार भएकोमा आज २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

घट्दो बजारमा पनि सोमबार दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो भने मैलुङ खोला जलविद्युत कम्पनीको ९.९७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुडवेल फाइनान्सको घट्यो । कम्पनीको शेयर मूल्य ७.८३ प्रतिशत घट्यो । त्यस्तै, यूनाईटेड मार्दी हाइड्रोपावरको ७.७३ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले १५ करोड ४९ लाख रुपैयाँको कारोबार गर्यो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.