काठमाडौं । चीनमा एमबीबीएस अध्ययन सकेका बिद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउनु पर्ने माग राख्दै आइतबार माइतीघर मण्डलामा आन्दोलन गरेका छन् ।
बिद्यार्थीहरुले सैद्धान्तिक अध्ययन सकेर इन्टर्नसीप गर्ने तरखरमा रहेका बेला कोरोना महामारीको कारण स्वदेश फर्किनु परेको थियो । कोभिड–१९ संक्रमण बढ्दै गएपछि चीन फिर्ता जाने वातावरण नमिल्दा बिद्यार्थीहरुले बारम्बार नेपालमै इन्टर्नसीप गर्न पाउने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् ।
मे देखि जुलाई २०२० सम्म अन्तिम परीक्षा पास गरेका बिद्यार्थीहरुले आफ्नो भविष्य अन्यौलमा रहेको भन्दै समाधानका लागि सरकारसँग माग राख्दै माइतीघर मण्डलामा आन्दोलन थालेका हुन् ।
हाल चीनबाट अध्ययन गरेर आउने तीन ब्याच रहेका छन् । २०१४, २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्नुपर्ने बाध्यता छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।