add

रियल मड्रिड रोकियो, एट्लेटिको पराजित






ActPro Nepal

|

१० असोज, २०७८

|
1171

काठमाडौं ।  स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको मड्रिड पराजित हुँदा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलको रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा रियल पाएका सदुपयोग गर्न नसक्दा दोस्रो बराबरी खेल्न पुगेको हो । 

बराबरीसँगै अपराजित रहेको  रियल शीर्ष स्थानमा यथावत छ  । उसले ७ खेलबाट १७ अंक बनाएको छ । भिल्लारियल ६ खेलबाट ८ अंक सहित १०औँ स्थानमा छ ।

शनिबार नै भएको खेलमा साविक विजेता एट्लेटिको डिपोर्टिभो अलाभेससँग १–० गोल अन्तरले पराजित भएको छ । अलाभेसका भिक्टोर लागुअर्डियालेले चौथो मिनेटमा गरेको गोल नै निर्णायक गोल रह्यो । बाँकी समय एट्लेटिकोले खेलमा पकड जमाए पनि गोल भने गर्न सकेन ।

७ खेलबाट १४ अंक बनाएको एट्लेटिको तेस्रो स्थानमा छ । पहिलो तीन अंक जोडेको अलाभेस भने रेलिगेशन जोनमा छ । 

शनिबार राति नै ला लिगाका अन्य खेलमा भ्यालेन्सिया र एट्लेटिको बिल्वाओले १–१ गोलको बराबरी खेले । सेभियाले भने इस्पान्योललाई २–० गोल अन्तरले पराजित गरेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.