add

‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक






ActPro Nepal

|

८ असोज, २०७८

|
806

काठमाडौं । गायक वसन काफ्लेको शब्द र सम्वादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आज एक कार्यक्रममा ‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गायक काफ्ले, मौसम मधुर र रेवन भित्रिकोटीको स्वरमा रहेको गीतको भिडियोमा निर्देशन कमल राईले गरेका हुन् । जसमा छायांकन शिव ढकालको रहेको छ । भिडियोमा एमसीसी सम्झौता गर्न नहुने सन्देश दिइएको छ ।

म्युजिक भिडियोमा चर्चित नायक नवल खड्का, वसन काफ्ले, मौसम मधुर, रेवन भित्रिकोटी, पशुपति श्रेष्ठलगायतको शसक्त अभिनय रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै गायक मौसम मधुरले एमसीसीको विरोध नगर्ने कलाकारहरूको अमेरिका जान इच्छा भएको हुनसक्ने आशंका समेत व्यक्त गरे ।

कार्यक्रममा गीतका गायक काफ्लेले पार्टीहरू भन्दा हामी नागरिक हौं भनेर एमसीसी हस्तक्षेपलाई सबै जनतासामु पुर्‍याउन कोशिश गरेको बताए । जनता र देशको हितमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ थियो । उनले सम्पूर्ण जनताको भावना समेटिएको शब्द रचना गरेर गीत तयार भएको बताए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.