add

रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोनको सूचीमा






ActPro Nepal

|

८ असोज, २०७८

|
1313

काठमाडौ । काउन्टरपोइन्टको अनुसन्धानअनुसार विश्वबजारको वरियताक्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेताभित्र पर्न सफल रियलमी विश्वकै सबैभन्दा छिटो वृद्धि भइरहेको ब्रान्ड भएको छ ।

यो सूचीभित्र पर्नका लागि रियलमीले क्यू २-२०२१ मा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध बनाएर १३५.१ प्रतिशत वाइओ बढाएको थियो । भारतीय स्मार्टफोन बजारको १४.६ प्रतिशत ओगटेको रियलमी चौथो स्थानमा रहेको कम्पनीले बताएको छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नवीन प्रविधिहरूलाई आत्मसात् गरेर सुन्दर डिजाइन र प्रयोगमैत्री उत्पादन निकाल्नु रियलमी कम्पनीले जनाएको छ ।

विश्वको ६१ भन्दा धेरै बजारहरुमा आफ्ना ग्राहकहरुको अपेक्षालाई पूर्ण गर्दै आएको छ । यीमध्ये १८ वटा बजारमा त रियलमीले उत्कृष्ट ५ भित्र सफल बन्न सकेको कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.