add

नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोरी गर्न खोजेको आरोपमा एक जना पक्राउ






ActPro Nepal

|

८ असोज, २०७८

|
659

काठमाडौं ।  नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँ बस्ने खेमबहादुर घर्ती रहेका छन्। उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

उनले भित्र रहेको सो–केस फुटाएर त्यहाँ रहेको श्रीपेच निकाल्न खोज्दा सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएका छन्। सङ्ग्रहालयमा राजाले लगाएको श्रीपेच सङ्ग्रह गरेर राखिएको छ। 

यता काठमाडौँ महानगरपालिका–८ गौशालाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग ९आखेटोपहार० जस्तो देखिने वस्तुसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उक्त वस्तु अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।

उक्त वस्तुसहित उनलाई कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको व्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ। यसैबीच  काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब एक किलो ७०० ग्राम गाँजासहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३९ वर्षीय मिलनकुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। 

कैलाली टिकापुरबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २१८१ नम्बरको बस चेकजाँच गर्दा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन। त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ। हालैमात्र यसैगरी रु पाँच लाख १० हजार ठगी गरेको अभियोगमा भारत दार्जिङ सिलगुढीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। 

उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यान्सी माइकलको नामबाट महिलालाई लोभ देखाएर विभिन्न प्रकारका उपहार पठाएको जानकारी गराउँदै कागजातसहित पार्सल ट्रयाकिङ गर्ने नम्बरसमेत दिएर ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

अनुसन्धानको क्रममा उनी सिलगुढीस्थित चर्चका पादरी रहेको खुल्न आएको छ। उनले क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग आएको भनी चर्चमा आएका महिलालाई खाता खोल्न लगाइ त्यस खातामा पैसा पठाउन लगाउने गरेका थिए। 

उनले महिलाको खातामा नगद जम्मा गरी महिलामार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ। उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.