काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ । बिहिवार रातिको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना क्याडिजसङ गोल रहित बराबरीमा रोकिएको हो ।
स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेयता क्लब खराब लयमा छ । भ्रमणकारी टोली अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलमा केही अवसर पाए पनि बार्सिलोना फिनिसिङ्गमै चुक्न पुगेको थियो ।
यस सिजन बार्सिलोनाको तेस्रो बराबर हो । बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ ।
बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा छ । क्याडिज ६ अंकसहित १४औँ स्थानमा छ । राति भएको ला लिगाको अन्य खेलमा रियल सोसिडाडले ग्रानडामाथि ३-२ को रोमाञ्चक जित निकालेकाे छ ।
यस्तै रियल बेटिसले ओसासुनाविरुद्ध ३-१ को जित आत्मासाथ गरेकाे छ । फाइल तस्बिर ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.