add

पर्यटकलाई अनअराइभल भिसा खुला,यी सर्त मान्नु पर्ने






ActPro Nepal

|

७ असोज, २०७८

|
858

काठमाडौं । सरकारले पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको छ । सो आदेश अनुसार पर्यटकका लागि अनअराइभल भिसा खुला गरिएको हो ।

नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा (आगमन विन्दुमै भिसा) दिइने छ ।

यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ ।

यात्रुको साथमा हवाई उडानको चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य हुनुपर्छ । नेपालमा होटल बुक गरेको प्रमाण पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि हुनुपर्नेछ ।

त्यस्तै बिमानमा आएका यात्रुको विवरण पर्यटन मन्त्रालयले तत्काल स्वास्थ्य मन्त्रालयलाइ गराउनुपर्नेछ । स्वास्थ्य मन्त्रालयले सो विमानमा रहेका यात्रुको कन्टयाक्ट ट्रेसिङग गरी सबै यात्रुलाइ होम वा होटल क्वारेन्टिनमा राखी कोरोना परीक्षा गर्नुपर्नेछ ।

यस्ता छन् शर्तहरु :




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.