add

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि






ActPro Nepal

|

७ असोज, २०७८

|
902

काठमाडौं । एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ।

बैठक बिहीवार बिहान ११ बजे बस्ने र बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने बताइएको छ।

यस अघि बुधबारको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँचवटा समूह बनाइ समुहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समूह नेताले सुझावसहित प्रस्तुत गरेको र सो प्रतिवेदन महत्वपूर्ण सुझावहरुलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

समूह नं. १ बाट रामकुमार झाँक्री, समूह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उनले जानकारी दिए। 

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभुत विचारलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए। आफूहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उनले उल्लेख गरे। 

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरु मार्फत् पार्टीको चुनावचिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरि निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.