add

शेयर बजारमा १०४.८८ अंकको बृद्धि,परिसुचक २८१६ अंक पुग्दा ६ अर्ब १७ करोडको कारोबार






ActPro Nepal

|

६ असोज, २०७८

|
967

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार उच्च अंकले बढेको छ ।

आज नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ अंकमा पुगेको छ । यो मंगलबारको तुलनामा ३.८७ प्रतिशत बढी हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इनडेक्स पनि बढ्यो । बुधबार इन्डेक्स १९.४७ अंकले बढेर ५२८.१० अंकमा पुगेको छ ।

बुधबार सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक ८.५४ अंकले बढ्यो । त्यस्तै, विकास बैंकको ७.७४ प्रतिशत बढ्यो ।

आज २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार २० कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । सर्किट लागेका मध्ये १३ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, अन्य ७ कम्पनीको शेयर मूल्य ९.७२ प्रतिशतभन्दा धेरै बढ्यो ।

आज चार कम्पनीको मात्रै शेयर घट्यो । जसमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स डेबिन्चरको शेयर मूल्य १.४९ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले २३ करोड ३४ लाख रुपैयाँको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.