add

ललितानिवास प्रकरणबारे गच्छदार भन्छन्– राजनीतिक प्रतिशोध साँध्न ममाथि मुद्दा चलाइयो






ActPro Nepal

|

६ असोज, २०७८

|
943

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा प्रतिशोध साँध्नका लागि मुद्दा चलाइएको जिकिर गरेका छन् । 

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्। उपसभापति गच्छदार ललिता निवास प्ररकणमा मुद्दा खेपिरहेका छन्।

'माधवकुमार नेपालको निर्देशनमा तह तहमा आएर मन्त्रिपरिषदबाट पारित भएको हो। सरकारलाई हानी नहुने भएकाले यसलाई भ्रष्टाचार भएको मानिँदैन। उन्मुक्ति दिनेलाई दिइएको छ। तर, मेरो राजनीतिक करिअर सकाउन यस्तो गरे,' उपसभापति गच्छदारले पत्रकार सम्मेलन गर्दै ललिता निवास प्रकरणबारे भने।

उनले ५० वर्षसम्म गरेको राजनीतिक संघर्षमा राष्ट्रलाई हानी पर्ने कुनै काम नगरेको दाबी गरेका थिए। यतिसम्म कि उनले आफ्नो काठमाडौंमा निजी निवास समेत नभएको र यति लामो समय मन्त्री बन्दा पनि भाडाको घरमा बसिरहेको बताएका थिए।

भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टाचार अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। उनीसँगै चार मन्त्री तथा पूर्व सचिवसहित १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।

त्यस्तै, अख्तियारले गैर कानुनी तरिकाले मुद्दा दायर गरेको भन्दै सार्वजनिक रुपमा कतै नदेखिएको उनले तर्क गरेका थिए। आँखाको उपचार रोकेर आफु अख्तियारलाई सहयोग गर्ने भारतबाट आएको गच्छदारको दावी थियो।

अदालतले गच्छदारविरुद्ध जारी गरेको म्याद तामेलीको समय सकिएको थियो। अदालतले पछिल्लो समय उनीविरुद्ध ३० दिनको हदम्याद जारी गर्दै उपस्थित हुन भनेको थियो। तर, गच्छदार म्याद सकिसक्दा पनि अदालतमा हाजिर भएका थिएनन्।

उनीविरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको छ।

'निराधार आरोप लगाई मलाई किन फसाउन खोजिरहेका छन्? थारु समुदायमा जन्मेको सदस्यलाई किन यस्तो प्रतिशोधको व्यवहार गरियो?,' पत्रकार सम्मेलनमा गच्छदारले प्रश्न गरे।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.