add

धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन






ActPro Nepal

|

५ असोज, २०७८

|
648

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा विवादित बनेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथिको छानबिन पूरा भएको छ ।

शेयर प्रकरण आरोपमाथि सरकारले छानविन गर्न गठित समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिविदेन बुझाएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।

बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो ।

सो आरोपमाथि सरकारले छानबिन गरेको हो । छानबिनका क्रममा तयार पारिएको अध्ययन प्रतिवेदन हेरेर अर्थ मन्त्रालयले निर्णय लिने बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.