add

अल्जाइमर के हो ? यसबाट कसरी जोगिने ?






ActPro Nepal

|

५ असोज, २०७८

|
1427

काठमाडौं । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमर रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरुलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ । यो रोग मस्तिष्कका विकृतिहरू समूहगत रोग हो । जसले सोच, स्मृति, निर्णय क्षमता तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । यो रोग बिस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन । सुरुको अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस गर्दैनन् ।

तनाव र विभिन्न समस्याका कारण महिलाहरूमा अल्जाइमर रोगको जोखिम बबढेको छ । अन्तराष्ट्रिय पत्रिका ‘गैरियाटिक साइके्रटिमा’ प्रकाशित एक रिर्पोटअनुसार तनावबाट जन्मिने हार्मोन महिला र पुरुषमा अलगअलग किसिमले उत्पन्न हुने गर्दछ । पुरुषको तुलनामा महिलामा अल्जाइमर रोग अत्यधिक रुपमा बढ्ने गर्छ ।

अल्जाइमर्स एशोसियसनका अनुसार ६० वर्षभन्दा वढी उमेरका महिलाहरू अल्जाइमर पीडित हुन्छन् । वर्तमान अवस्थामा यो रोगको उपचार र अल्जाइमर गम्भीर हुनबाट रोक्ने ओषधि बनेको छैन । अमेरिकाका जोन होकिन्स युनिर्भसिटीका प्रोफेसर सिसन्थया मुनरोका अनुसार हामी मानिस समस्या र तनावबाट मुक्त हुन सक्दैनौँ । तर तनावबाट कसरी मुक्त हुने भन्ने समाधान पक्कै आफैसँग हुन्छ ।

-सामान्यतया ६५ वर्षको उमेरपछि यो रोग लाग्छ । ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यसको प्रभाव दुई गुणा बढ्दै जान्छ ।

- बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी यो रोग लाग्छ ।

-वंशाणुगत र टाउकोमा बढी चोटपटक लागेको व्यक्तिमा ।

-उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल, डिप्रेसन र मानसिक बिरामी, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति र अधिक मोटोपना भएकालाई लाग्छ ।

सुरुको अवस्था

-तत्कालीन घटना एवम् कुराकानी बिर्सनु ।

-हिँडाइ असामान्य देखिनु ।

-डिप्रेसन र सामान हराउनु ।

-एकाग्रतामा कमी हुनु ।

मध्यम अवस्था

-आफ्नो पहिचान बिर्सनु ।

-मतिभ्रष्ट, वादविवाद, कुटपिट र हिंस्रक हुनु ।

-राम्रो, नराम्रो र खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु ।

-समाजबाट एक्लिनु ।

गम्भीर अवस्था

-सम्वेदना हराउने र वजन घट्ने ।

-आफन्त, साथी र परिवाका सदस्यहरु नचिन्ने ।

-खानेकुरा चपाउन र निल्न नसक्ने ।

-चेतना हराउने ।

कसरी जोगिने ?

अल्जाइमरको पुरा उपचार भने छैन । यो रोग सम्बन्धी जति पनि औषधि उपचारहरुको व्यवस्था भएको छ त्यसले अल्जाइमरको एक अवस्थाबाट अर्को अवस्थामा बल्झिन नदिने मात्र हो । अल्जाइमर भइसकेका बिरामीमा यसले जति क्षति गरेको छ त्यो पुर्णरुपमा ठिक हुने औषधि उपचार आजसम्म बनेको छैन ।

ती सबै औषधि उपचारहरु अनुसन्धानको क्रममा छन् । तर अल्जाइमर सुरुवाती चरणमा छ भने मल्टि भिटामिन, एन्टि अक्सिडेन्ट, माछाको तेलको मद्धतबाट दिमागको कोशिकाहरुलाई सन्तुलनमा राखी उपचार विधि सुरु गरी रोग बल्झिनबाट रोक्न सकिन्छ । बाँकी उपचार विधि भनेको ध्यान, दिमागको थेरापी, र अन्य औषधि उपचार रहेको डा.रविन्द्र पाण्डे बताउँछन् ।


अल्जाइमरको औषधि पहिले भारतबाट ल्याउने गरिन्थ्यो । अहिले विभिन्न अल्जाइमर सम्बन्धी संस्थाले गर्दा सहज रुपमा नेपालका पनि बजारमा उपलब्ध छन् । खासै यो रोग निर्मुल गर्न भने सकिँदैन, यसको रोकथाम गर्दा भविष्यमा यसबाट हुने समस्याबाट बच्न सकिन्छ । यसको लागि बजारमा अल्जाइमर सम्बन्धी औषधि उपचार उपलब्ध छ ।


अल्जाइमरको सही समयमा उपचार गर्न सकियो भने जुन तरिकाले यो रोग बल्झिदै जान्छ त्यसलाई कम गर्न सकिन्छ । यो रोगले बिरामी सँगै उसका आफन्तलाई पनि उत्तिकै दुःख दिन्छ । व्यक्तिमा अल्जाइमर देखापर्ने बित्तिकै उपचार गरिएन भने तीनदेखि चार वर्षसम्म बिरामीको मृत्यु हुने गर्छ । अल्जाइमर्समा मृत्युको मुख्य कारण खाना सड्किनु हो । खाना फोक्सोमा जानुलाई निमोनाइटिज भनिन्छ जुन मृत्युको मुख्य कारण हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.