add

तेहोरो अंकले घट्यो नेप्से,परिसुचक २६९८ अंक पुग्दा ८ अर्ब ४९ करोडको कारोबार






ActPro Nepal

|

४ असोज, २०७८

|
758

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार तेहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ११४.०४ अंकले घटेर २६९८.२५ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा ४.०५ प्रतिशत कम हो ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १९.५१ अंकले घटेर ५०६.२७ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । फाइनान्सको सूचक ८.५६ प्रतिशत घट्यो । त्यस्तै, हाइड्रोवारको ६.८० प्रतिशत, विकास बैंकको ६.३५ प्रतिशत घट्यो ।

सोमबार २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो भने २४ कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लागेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सूचक ९.९९ प्रतिशत बढ्यो ।

नेगेटिभ सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावरका कम्पनी छन् । आज २४ कम्पनीको शेयर मूल्य ९.५० प्रतिशतभन्दा धेरै घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले ४० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.