काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लीडरले आज आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइमको साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ ।
अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ । यसले प्रभावशाली ९० हट्र्जको ६.५ इन्चको एफएचडी प्लस एडप्टिभ सिन्क डिस्प्लेको प्रस्तुत गर्दछ । पातलो डिजाइनको साथमा यो शक्तिशाली ६००० एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ ।
यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा २ जीबी सम्मको र्याम उनीहरुको स्मार्टफोन स्टोरेजमा स्टोर गर्न मदं्दत गर्दछ र सहज कार्यक्षमता र वृद्धि प्रदर्शन को सुविधा प्रस्तुत गर्दछ । शक्ति र रचनात्मकतालाई ध्यानमा राखेर डिजाइन गरीएको यो उपकरणले कन्टेन्ट व्रिmएटर, स्ट्रिमिंग गर्ने उत्साहीहरु, विद्यार्थीहरु, र मोबाइल गेमरहरु सबैको लागि एक उच्च अनुभव प्रदान गर्दछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘विगत सात बर्षदेखि रेडमीले लगातार प्रवृक्तिहरु सेट गरी रहेको छ र आफ्नो स्मार्टफोनको साथमा उद्योगको बेन्चमार्कलाई पार गरेको छ । रेडमी प्रति रहेको ग्राहकहरुको विश्वासले टीमलाई इनोभेसनको मामिलामा उच्च मापदण्ड सेट गर्न सहयोग पुर्याएको छ र रेडमी सिरिजलाई देशकै सबैभन्दा धेरै विक्री हुने स्मार्टफोन सिरिज मध्येको एक हुन सफल बनाएको छ । रेडमी १० प्राइमको लन्च संगै, हामीले अल–राउन्ड सुपरस्टार ल्याइ रहेका छौं जसले प्रयोगकर्ताहरुको लागि क्यामेरामा ल्याइएको सुधार, उच्च रिजोलुशन डिस्प्ले, उच्च प्रदर्शन, र पावर प्याक ब्याट्री लाइफ सुधारका साथ रेडमी नोट १० सिरिज र रेडमी सिरिजलाई साथ ल्याउन गर्न मद्दत गर्दछ । रेडमीले हरेक कन्टेन्ट क्रिएटरहरुलाई नयाँ टेक्नोलोजीसँग पहुँचयोग्य बनाउने प्रतिज्ञा पूरा गर्दै, रेडमी १० प्राइम मुख्यधाराको उपकरण क्षेत्रमा एक कदम अगाडी रहेको छ ।’
रेडमी १० प्राइम
५०मेगापिक्सेलको एआई क्वाड क्यामेरा
रेडमी १० प्राइमले ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मेन क्यामेरालाई प्रस्तुत गर्दछ जसले तारकीय विवरण सहित अद्भुत कन्टेन्टलाई कैद गर्दछ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ रेडमी १० प्राइमले प्रयोगकर्ताहरुलाई सबै पल कैद गर्नको लागि स्वतन्त्रता प्रदान गर्दछ ।
नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताहरुले ब्राइटनेसलाई बढाउन सक्नुहुन्छ र फोटोलाई अधिक रंगीन बनाउनको लागि थोरै स्याचुरेसनलाई बढाउन सक्नुहुन्छ । प्रयोगकर्ताहरुलाई प्यानरोमा सेल्फी÷ग्रुपिज लिन को लागि र साथीहरु तथा परिवारहरुसंग यादगार पल कैद गर्न को लागि सोही फिचरहरुको उपयोग गर्दै, रेड मी १० प्राइम ८ मेगापिक्सेलको सेल्फी क्यामेराको साथ उपलब्ध छ ।
विभिन्न क्यामेराको फिचरहरुसँग भिडियोलाई कैद गरी रचनात्मकता प्रदान गर्ने र डुअल माइकका साथ राम्रो अडियो रेकर्डिँग गर्ने, रेडमी १० प्राइम एक कन्टेन्ट व्रिmएटरको लागि स्वर्ग नै हो । यो उपकरणले फोटोग्राफी र भिडियो शटहरुमा फ्लेयर जोड्ने स्टाइलिश फिल्टरहरुको सूटलाई प्याक गर्दछ। इमेज प्रोसेसिंगलाई थुप्रै रोचक सुविधाहरु जस्तै पोर्ट्रेट मोड फिल्टरका साथ अझ इन्हान्स्ड गरिएको छ । यो मोडका सांथ, प्रयोगकर्ताहरुले मात्र दुई चरण मा आश्चर्यजनक पोर्ट्रेट फोटोहरु क्लिक गर्न सक्नुहुन्छ जसले ग्यालरीमा स्टाइलिश फिल्टरलाई जोड्दछ ।
कन्टेन्ट क्रिएटररहरुलाई इमेजको विभिन्न पक्षहरु अन्वेषण गर्न र त्यही अनुसार व्रmप, ब्युटिफाइ, इमेजको सेटिंगलाई मिलाउन, यो एक इन–बिल्ट एडिटरका साथ उपलब्ध रहेको छ । विभिन्न अन्य सुविधाहरु जस्तै स्काई मोड,कलाईडस्कोप मोड, सर्ट भिडियो फिल्टर मोडका साथ, प्रयोगकर्ताहरुले आफ्नो सौन्दर्यशास्त्रको सम्पूर्ण सेट परिवर्तन गर्न र रंगहरुलाई बढाउन वा आवश्यकता अनुसार उनीहरुलाई टोन गर्न सकिने छ ।
९० हट्र्जको रिफ्रेस रेट एडप्टिभ सिन्क टेक्नोलोजी
रेडमी १० प्राइममा एक ठूलो ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ । जसले सिमलेस स्व्रmोलिंग र आँखालाई मोहित बनाउने दृश्य प्रदान गर्नको लागि ९०हट्र्जको रिफ्रेस रेट प्रस्तुत गर्दछ । एडप्टिभ सिन्क टेक्नोलोजी सँग जोडीएको, रेडमी १० प्राइमले कन्टेन्ट फ्रेम रेटको पहिचान गर्दछ र कन्टेंट फ्रेम संग मिल्ने डिस्प्ले रिफ्रेश रेटलाई परिवर्तन गर्दछ । यसले वास्तवमा आवश्यक हुने पलहरुको लागि मात्र रिफ्रेस रेटलाई बोस्ट गर्दछ छ र ब्याट्रीलाई लामो समय सम्म टिकाउँछ ।
भ्युइन्ग अनुभवको कुरा आउँदा , रेडमी १० प्राइम कागज बनावटको साथ एक इनबिल्ट रिडिंग मोड ३.० को साथ आउँदछ जसले वास्तविक कागजको अनुकरण गर्दै आँखालाई पर्ने तनाव कम गर्नको लागि सहयोग गर्दछ । प्रयोगकर्ताहरुलाई इमर्सिभ कन्टेन्ट स्ट्रिमिंगको सुनिश्चित गर्दै यो उपकरण एक पंच होल डिस्प्ले र डुअल स्पिकरको साथ उपलब्ध छ।
शक्तिशाली मिडियाटेक हेलियो जी ८८ प्रोसेसर
रेडमी १० प्राइमले १२ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीमा निर्मित मिडियाटेक हेलियो जी ८८ को डेब्यु गरेको छ । लाइटनिंग फास्ट जीपीयुको उपयोग गर्दै, रेडमी १० प्राइमले शक्तिशाली हार्डवेयर र अझ उच्च स्तरको सुविधाका साथ मोबाइलको प्रदर्शनलाई पूरै नयाँ उचाइमा लगेको छ ।
ओक्टा–कोर सीपीयूले दुई आर्म कोर्टेक्स–ए ७५ सीपीयू २ गिगाहट्र्ज सम्म र ६ आर्म कोर्टेक्स–ए ५५ कोर छिटो र उत्तरदायी मल्टिटास्किंग अपरेसन को लागि १.८ गिगाहट्र्ज सम्म संचालन गर्दछ। यो माली जी ५२ सीपीयुको साथ पेयर गरिएको छ जसले एक उच्च फ्रिक्वेन्सीमा संचालित ३० प्रतिशत अधिक उर्जा दक्षतासंग यसको यो भन्दा पहिलो संस्करणकोे तुलनामा हाई एन्ड प्रदर्शनको प्रस्तुति दिन्छ ।
यसबाहेक, प्रोसेसर हाइपरइन्जिन गेम टेक्नोलोजी २.० का साथ उपलब्ध छ । यस टेक्नोलोजी फ्ल्युड गेमिंग एक्सपेरियन्सकोे लागि स्मुथ गेमप्लेसंग लगातार प्रदर्शन प्रदान गरेर गेमिंग अनुभवको बढावाको लागि डिजाइन गरीएको हो । प्राइम सिरिजको सबैभन्दा नयाँ मेमोरी एक्सटेन्सन एक अपग्रेडेड सुविधाको साथ आउँछ जसले प्रयोगकर्ताहरु लाई ४ जीबीको भेरियन्टलाई १ जीबीले बढाउन तथा ६ जीबीको भेरियन्टलाई २ जीबीले बढाउन मद्दत गर्दछ दिन्छ र उनीहरुलाई ब्याकग्राउन्ड रेजीडेन्ंसीमा अधिक एप्लिकेसनहरु राख्न सहयोग पुर्याउँछ ।
शक्तिशाली ६००० एमएएच ब्याट्री
रेडमी १० प्राइम एक शक्तिशाली ६००० एमएएच ब्याट्रीको साथ उपलब्ध छ । जुन नियमित काम गर्ने परिस्थिति अनुसार सजिलै दुई दिन सम्म टिक्न सक्दछ । यस्तो शक्तिशाली ब्याट्री रहदा रहँदै पनि, यो एक ह्यान्ड–इन फिलको साथ पातलो डिजाइनमा आउँदछ । यो स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र खल्तीमा बोक्नको लागि अति सहज रहेको छ । यसले १८ वाटको फास्ट चार्जिंगलाई समर्थन गर्दछ र यो बट्टा बाहिर रहेको २२.५ वाटको चार्जरको साथ उपलब्ध छ । यति मात्र नभएर यो स्मार्टफोनले ९ वाटको रिभर्सड वायर्ड चार्जिंगलाई सर्पोट गर्दछ जुन बजेट स्मार्टफोनमा एक सार्थक अपग्रेड हो । यसले उपयोगितामा पनि थुप्रै सुविधाहरु प्रदान गर्दछ ।
इभोल डिजाइनको विरासतलाई जारी राख्दै
नयाँ इभोलको डिजाइनलाई कायम राख्दै, रेडमी १० प्राइमले एक परिष्कृत नयाँ रूप प्रदान गर्दछ र एक प्रीमियम इन–ह्यान्ड फिल प्रदान गर्दछ । स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र मा खल्तीमा बोक्नको लागि अति सहज रहेको छ । रोमाञ्चक नयाँ डिजाइन जस्तै, यो ३ वटा आकर्षक रंगहरुमा उपलब्ध छ – एलिगेन्ट बन्चको लागि फ्यान्टम ब्ल्याक, मिनिमलिस्टको लागि एस्ट्रल व्हाइट र विशेष रंग चाहने प्रयोगकर्ताहरुको लागि बिफ्रोस्ट ब्लू ।
सबै प्रमुख कार्यात्मक पक्षहरु कायम रहेको छ भनेर सुनिश्चित गर्दै यो उपकरण डेडिकेटेड माइक्रो एसडी कार्ड स्लटका साथ दुईवटा सिम कार्डको साथ उपलब्ध छ। यसलाई ३.५ मिलिमिटरको अडियो ज्याक, साइड माउन्ट गरिएको फिन्गरप्रिन्ट स्क्यानर र आइआर ब्लास्टरसँग ल्याइएको छ ।
साथै, यो उपकरण एक स्प्ल्याश प्रुफ न्यानो कोटिंगका साथ सुरक्षित गरिएको छ र यो आकस्मिक स्क्र्याचहरुबाट बचाउनको लागि कर्निंग® गोरिल्ला® ग्लास ३ को साथ उपलब्ध छ । पोर्टहरु रबरयुक्त सीलको साथ कोरोजन–प्रुफ रहेको छ र यसले हिट डेसिपेसनको लागि डुअल ग्राफाइट सिटहरुलाई सर्पोट गर्दछ जसले यो उपकरणलाई कुनै पनि जीवन शैलीको लागि अनुकूल बनाउन मद्दत गर्दछ ।
यो एक ४जीको उपकरण हो र ४जीको नेटवर्क मापदण्डहरुलाई सर्पोट गर्दछ ।
मूल्य
रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध छ । ४जीबी+६४जीबी (१जीबीले बढाउन सकिने र्याम) २० हजार ९९९ रुपैयाँ र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) २३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।