काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने,यी हुन खोप केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंमा असोज ४ गते देखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा खोप लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले शुक्रबार सूचना जारी गरि काठमाडौंका ११ वटै स्थानीय तहमा भेरोसेलको दोस्रो डोज लगाइने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार तीन दिन खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जनाएका छन्। भेरोसेलको दोस्रो डोज लगाउन स्थानीय स्थानीय तहका वडामा खोप केन्द्र तोकिएको छ।

यससँगै काठमाडौं महानगरपालिकामा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित शसस्त्र प्रहरी अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित शिक्षण अस्पताल, बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूती गृह एवं स्त्रीरोग अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।