Right side from logo

मन्त्रिपरिषद्ले एक हप्ताभित्रै पूर्णता पाउँछ : माधव नेपाल






ActPro Nepal

132

2021 Sep 17

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद्ले अबको एक हप्ताभित्रै पूर्णता पाउने बताएका छन् ।

मीनभवनस्थित पार्टी कार्यालय सुरुवात कार्यक्रममा नेता नेपालले अबको एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । 

‘मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ तर अबको एक हप्ताभन्दा ढिलाई हुँदैन’ नेपालले भने । आफूहरू आज वा भोलि जतिखेर पनि सरकारमा जान तयार रहेको नेपालले बताए । 

उनले आफ्नो दल कुनै पद प्राप्तिको लागि गठन नभएको भन्दै देश र जनताप्रति समर्पित भएर अघि बढ्ने पनि उनले बताए । 

‘हामी गफ लाउने होइन, काम गरेर देखाउँछौं । हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दैनौं' उनले भने, ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं ।’

नेपालले पाँचदलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजाने पनि उनको भनाई थियो । 


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.