add

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३,मूल्य कति ?






ActPro Nepal

|

३० भदौ, २०७८

|
987

काठमाडौँ । एप्पल आइफोन १३ सार्वजनिक भएको छ । हिजो (मंगलबार) एक कार्यक्रमबिच आइफोन १३ र आइफोन मिनी सार्वजनिक भएको हो ।

आइफोन १३ को डिस्प्ले ६.१ इन्चको रहेको छ भने मिनी आइफोनको ५.४ इन्चको रहेको छ । आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ।

आइफोन १२ को तुलनामा आइफोन १३ मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप रहेको कम्पन्नीले दाबी गरेको छ । यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् भने दुवैमा ए १५ बायोनिक चिप रहेको छ ।

त्यस्तै, आइफोन १३ सिरिज ६४ जिबी स्टोरेजमा उपलब्ध नहुने भएको छ । कम्पन्नीकाअनुसार न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ। आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन्। क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर उपलब्ध छ।

आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।

आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ भने आइफोन १३ मिनीको मूल्य ६९९ डलर तोकिएको छ 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.