add

इजरायल जाने कामदारको भाषा परीक्षा आजदेखि, यी हुन् १६ परीक्षा केन्‍द्र






ActPro Nepal

|

२८ भदौ, २०७८

|
1024

काठमाडौँ । इजरायल जाने कामदारको परीक्षा आजदेखि हुँदैछ ।

आज एक दिनमात्रै हुने परीक्षाका लागि काठमाडौँमा १६ वटा परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए । 

उनका अनुसार अंग्रेजी भाषामा हुने परीक्षामा ७ हजार ९ जना परीक्षार्थी सहभागी हुने भएका छन् । कुल ९ हजार ६ सय ९९ जनाले 'केयर गिभर' को लागि इजरायल जान भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका मध्ये ७ हजार ९ जनाले मात्र परीक्षा दिन पाउने भएका हुन् । जसमध्ये २६९० परीक्षार्थीको आवेदन अस्वीकृत भएको थियो ।  

उनकाअनुसार दिउँसो १ बजेदेखि परीक्षा सुरु हुने छ । कुल १ घण्टामा परीक्षा सम्पन्‍न हुनेछ । साउन १२ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो । विज्ञापन खुलाएको २१ दिनमा फारम लिने काम रोकेको थियो । छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाइ सोको विवरण विभागको वेबसाइटमा राख्‍नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।

अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक करिब १६ सय डलर (डेढ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक पाउनेछन् ।

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ । सरकारी तहमा कामदार लैजाने सम्झौता भए पनि इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् । 

 यी हुन् १६ परीक्षा केन्‍द्र




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.